Featured post

धेरै थरी खाना एकैपटक मिसाएर खादा भोजन विरूद्ध हुन्छ।

 आजभोली मिक्स खानाको प्रचलन निकै बढेर गएको छ। मिक्स गेडागुडी, मिक्सफ्रुट, मिक्सकरी, मिक्सजुस, मिक्सदाल, अनि बफेटमा त कति मिक्स कति मिक्स । ह...

Saturday, May 24, 2025

धेरै थरी खाना एकैपटक मिसाएर खादा भोजन विरूद्ध हुन्छ।

 आजभोली मिक्स खानाको प्रचलन निकै बढेर गएको छ। मिक्स गेडागुडी, मिक्सफ्रुट, मिक्सकरी, मिक्सजुस, मिक्सदाल, अनि बफेटमा त कति मिक्स कति मिक्स ।


हाम्रो पाचन प्रणालीको सीमा छ । १० किलो भारवहन क्षमताको तराजु मा १०० किलो जोख्दा के हुन्छ? आफै विचार गरौ ।


हामी आधुनिक हुदै गर्दा आयुर्वेद ले बताएका खानामा हुने रस, गुण, वीर्य, विपाक  र प्रभाव को Concept मा विर्को लगाइदिएम । शरीरमा रस, रक्त, मांस, मेद, अस्थि, मज्जा, शुक्र र आोज छन् । जसको पोषण खानाबाट हुन्छ। 


धेरै थरी खाना एकैपटक मिसाएर खादा भोजन विरूद्ध हुन्छ। जसले शरीरमा हानीकारक विष (आम) पैदा गर्दछ । यसरी सुक्ष्म रुपमा शरीरमा थुप्रिदै गएको विषले कालान्तरमा नसर्ने रोग निम्त्याउने गर्छ ।


मिक्सको संस्कृति अन्त गरौं। मिलेको मिक्स स्वस्थप्रद हुन्छ। आयुर्वेदले षडरसयुक्त भोजनलाइ सन्तुलित भोजनको रुपमा परिभाषित गरेको छ न कि अहिले हामीले विकास गरेको मिक्स खाना संस्कृति लाइ ।


उही देश उही प्रकृति उही मानिस उही वंश वा उही जीन तर हाम्रा पूर्खा स्वस्थ तर हामी रोगी किन भैरहेका छौ । नसर्ने रोग किन बढिरहेका छन् दिनानूदिन?


हावामा फोसिल फ्यूल इमिसनको विष, पानीमा क्लोरिन विष, उब्जाउने माटोमा रासायनिक मल विष, वाली नाली तरकारीमा कीटनाशक र छिटै बढाउने फलाउने विष , वोतल बन्द र पाकेटबन्द खानामा कलरिङ्ग एजेन्ट, फ्लेभरिङ्ग एजेन्ट,एडिटिभ प्रिजर्भेटिभ विष, खानेनूनमा आयोडिन विष, फ्रोजन माछामा फर्मालिन विष, चिकन(ब्रोइलर कुखुरा)मा रानीखेतको सुइ र स्टेरोइडको विष, सन्फ्लावर तेलमा पामसिडको विष, फलफूलको बोक्रामा कोटिङ्ग गरिने विष यसरी विषैविषको को महासागरमा हामी बाँचिरहेका छौ ।

हुनेखाने, जान्नेसुन्नेले अर्गानिक खाना पनि मिक्स गरेर विष ।

भान्सामा सात्विक खाना पकाएर फ्रिजमा कोचेर वासी बनाई तामसी बनाएर विष।


हाम्रो पाचन प्रणालीको सीमा बुझौ । मिक्स खाना संस्कृति को अन्त्य गरौं ।


ज्ञानमा पनि विष । सामजिक सञ्जाल तिर एआइ प्रयोग गरेर लेखिएका लेख प्रति विचार गरौं । AI can make mistakes. खाना र जीवनशैली सम्बन्धी कुनै लेखको कुरा ग्रहण गर्नुपूर्व लेखकको शैक्षिकज्ञानको पृष्ठभूमी र तथ्यगत वैज्ञानिक आधारको बारे सोचौं ।

Dr. Buddhi prasad paudel 

Share:

0 Comments:

Medimix E-academy Ayurveda | Design:- M.B. Mausam |