Logo

Medimix Loksewa E-Academy

Bharatpur Chitwan, Bagamati Province

"All Ayurveda Psc Question Solution Here"

💬
Send Message ×
Namaste! Ma tapai ko k madat garna sakchu?
BREAKING
Loading latest updates...
Unity
आयुर्बेद लोकसेवा सोलुसन
Children
आयुर्बेद बूस्टर क्याप्सुल पुस्तक
Support
आयुर्बेद लोकसेवा सहयोगी पुस्तक
Health
आयुर्बेद बूस्टर क्याप्सुल पुस्तक
Hope
आयुर्बेद मार्गदर्शन पुस्तक
Education
आयुर्वेद लोकसेवा दृतिय संस्करण

धेरै थरी खाना एकैपटक मिसाएर खादा भोजन विरूद्ध हुन्छ।

 आजभोली मिक्स खानाको प्रचलन निकै बढेर गएको छ। मिक्स गेडागुडी, मिक्सफ्रुट, मिक्सकरी, मिक्सजुस, मिक्सदाल, अनि बफेटमा त कति मिक्स कति मिक्स ।


हाम्रो पाचन प्रणालीको सीमा छ । १० किलो भारवहन क्षमताको तराजु मा १०० किलो जोख्दा के हुन्छ? आफै विचार गरौ ।


हामी आधुनिक हुदै गर्दा आयुर्वेद ले बताएका खानामा हुने रस, गुण, वीर्य, विपाक  र प्रभाव को Concept मा विर्को लगाइदिएम । शरीरमा रस, रक्त, मांस, मेद, अस्थि, मज्जा, शुक्र र आोज छन् । जसको पोषण खानाबाट हुन्छ। 


धेरै थरी खाना एकैपटक मिसाएर खादा भोजन विरूद्ध हुन्छ। जसले शरीरमा हानीकारक विष (आम) पैदा गर्दछ । यसरी सुक्ष्म रुपमा शरीरमा थुप्रिदै गएको विषले कालान्तरमा नसर्ने रोग निम्त्याउने गर्छ ।


मिक्सको संस्कृति अन्त गरौं। मिलेको मिक्स स्वस्थप्रद हुन्छ। आयुर्वेदले षडरसयुक्त भोजनलाइ सन्तुलित भोजनको रुपमा परिभाषित गरेको छ न कि अहिले हामीले विकास गरेको मिक्स खाना संस्कृति लाइ ।


उही देश उही प्रकृति उही मानिस उही वंश वा उही जीन तर हाम्रा पूर्खा स्वस्थ तर हामी रोगी किन भैरहेका छौ । नसर्ने रोग किन बढिरहेका छन् दिनानूदिन?


हावामा फोसिल फ्यूल इमिसनको विष, पानीमा क्लोरिन विष, उब्जाउने माटोमा रासायनिक मल विष, वाली नाली तरकारीमा कीटनाशक र छिटै बढाउने फलाउने विष , वोतल बन्द र पाकेटबन्द खानामा कलरिङ्ग एजेन्ट, फ्लेभरिङ्ग एजेन्ट,एडिटिभ प्रिजर्भेटिभ विष, खानेनूनमा आयोडिन विष, फ्रोजन माछामा फर्मालिन विष, चिकन(ब्रोइलर कुखुरा)मा रानीखेतको सुइ र स्टेरोइडको विष, सन्फ्लावर तेलमा पामसिडको विष, फलफूलको बोक्रामा कोटिङ्ग गरिने विष यसरी विषैविषको को महासागरमा हामी बाँचिरहेका छौ ।

हुनेखाने, जान्नेसुन्नेले अर्गानिक खाना पनि मिक्स गरेर विष ।

भान्सामा सात्विक खाना पकाएर फ्रिजमा कोचेर वासी बनाई तामसी बनाएर विष।


हाम्रो पाचन प्रणालीको सीमा बुझौ । मिक्स खाना संस्कृति को अन्त्य गरौं ।


ज्ञानमा पनि विष । सामजिक सञ्जाल तिर एआइ प्रयोग गरेर लेखिएका लेख प्रति विचार गरौं । AI can make mistakes. खाना र जीवनशैली सम्बन्धी कुनै लेखको कुरा ग्रहण गर्नुपूर्व लेखकको शैक्षिकज्ञानको पृष्ठभूमी र तथ्यगत वैज्ञानिक आधारको बारे सोचौं ।

Dr. Buddhi prasad paudel 

नेपालको संविधान सम्बन्धी महत्त्वपूर्ण बहुवैकल्पिक प्रश्नोत्तर



 * नेपालमा हालसम्म कतिवटा संविधान घोषणा भएका छन्?

   (क) ६

   (ख) ७

   (ग) ८

   (घ) ९

 * नेपालको पहिलो लिखित संविधान कुन हो?

   (क) नेपालको संविधान, २०७२

   (ख) नेपालको अन्तरिम शासन विधान, २००७

   (ग) नेपाल सरकार वैधानिक कानुन, २००४

   (घ) नेपालको अन्तरिम संविधान, २०६३

 * नेपालको अन्तरिम शासन विधान, २००७ कहिले जारी भएको थियो?

   (क) २००४

   (ख) २००७

   (ग) २०६३

   (घ) २०७२

 * नेपालको संविधान, २०७२ संविधानसभाबाट कहिले पारित भयो?

   (क) २०७२ भाद्र ३०

   (ख) २०७२ असोज ३

   (ग) २०७२ माघ १०

   (घ) कुनै पनि होइन

 * नेपालको संविधान, २०७२ कहिले घोषणा भयो?

   (क) २०७२ भाद्र ३०

   (ख) २०७२ असोज ३

   (ग) २०७२ माघ १०

   (घ) कुनै पनि होइन

 * नेपालको संविधान, २०७२ जारी हुँदा नेपालका प्रधानमन्त्री को थिए?

   (क) सुशील कोइराला

   (ख) रामवरण यादव

   (ग) सुवास नेम्वाङ

   (घ) कृष्णप्रसाद सिटौला

 * नेपालको संविधान, २०७२ जारी हुँदा नेपालका राष्ट्रपति को थिए?

   (क) सुशील कोइराला

   (ख) रामवरण यादव

   (ग) सुवास नेम्वाङ

   (घ) कृष्णप्रसाद सिटौला

 * नेपालको संविधान प्रमाणित गर्ने सभामुख को थिए?

   (क) सुशील कोइराला

   (ख) रामवरण यादव

   (ग) सुवास नेम्वाङ

   (घ) कृष्णप्रसाद सिटौला

 * नेपालको संविधानको मस्यौदा समितिका अध्यक्ष को थिए?

   (क) सुशील कोइराला

   (ख) रामवरण यादव

   (ग) सुवास नेम्वाङ

   (घ) कृष्णप्रसाद सिटौला

 * संविधान जारी हुँदाका बेला संविधानसभामा कुल सदस्य संख्या कति थियो?

   (क) ५९८ जना

   (ख) ५०७ जना

   (ग) २५ जना

   (घ) ३०८ जना

 * नेपालको संविधानको पक्षमा कति जना सदस्यले मतदान गरेका थिए?

   (क) ५९८ जना

   (ख) ५०७ जना

   (ग) २५ जना

   (घ) ३०८ जना

 * नेपालको संविधानको विपक्षमा कति जना सदस्यले मतदान गरेका थिए?

   (क) ५९८ जना

   (ख) ५०७ जना

   (ग) २५ जना

   (घ) ३०८ जना

 * नेपालको संविधानमा कति भाग रहेका छन्?

   (क) ३४

   (ख) ३५

   (ग) ३६

   (घ) ३०८

 * नेपालको संविधानमा कति धारा रहेका छन्?

   (क) ३४

   (ख) ३५

   (ग) ३६

   (घ) ३०८

 * नेपालको संविधानमा कति अनुसूची रहेका छन्?

   (क) ७

   (ख) ८

   (ग) ९

   (घ) १०

 * नेपालको संविधान हालसम्म कति पटक संशोधन भएको छ?

   (क) १

   (ख) २

   (ग) ३

   (घ) ४

 * नेपालको संविधानको पहिलो संशोधन कहिले भएको थियो?

   (क) २०७२।११।१६

   (ख) २०७७।०३।०४

   (ग) २०७२।०७।०३

   (घ) कुनै पनि होइन

 * नेपालको संविधानको दोस्रो संशोधन कहिले भएको थियो?

   (क) २०७२।११।१६

   (ख) २०७७।०३।०४

   (ग) २०७२।०७।०३

   (घ) कुनै पनि होइन

 * नेपालको मूल कानून कुन हो?

   (क) ऐन

   (ख) नियम

   (ग) संविधान

   (घ) अध्यादेश

 * नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता कसमा निहित रहेको छ?

   (क) राष्ट्रपति

   (ख) प्रधानमन्त्री

   (ग) नेपाली जनता

   (घ) संसद

 * नेपालमा बोलिने सबै मातृभाषाहरूलाई के भनिन्छ?

   (क) राष्ट्रभाषा

   (ख) सरकारी कामकाजको भाषा

   (ग) प्रान्तीय भाषा

   (घ) स्थानीय भाषा

 * नेपालको सरकारी कामकाजको भाषा कुन हो?

   (क) अंग्रेजी

   (ख) हिन्दी

   (ग) नेपाली (देवनागरी लिपिमा)

   (घ) मैथिली

 * नेपालको राष्ट्रिय झण्डाको आकार कस्तो छ?

   (क) आयातकार

   (ख) गोलाकार

   (ग) दुई त्रिकोणीय आकार

   (घ) वर्गकार

 * नेपालको राष्ट्रिय झण्डामा माथिल्लो भागमा के रहेको छ?

   (क) सूर्य

   (ख) चन्द्रमा

   (ग) तारा

   (घ) लालीगुराँस

 * नेपालको राष्ट्रिय झण्डामा तल्लो भागमा के रहेको छ?

   (क) सूर्य

   (ख) चन्द्रमा

   (ग) तारा

   (घ) लालीगुराँस

 * नेपालको राष्ट्रिय गान कुन अनुसूचीमा उल्लेख गरिएको छ?

   (क) अनुसूची-१

   (ख) अनुसूची-२

   (ग) अनुसूची-३

   (घ) अनुसूची-४

 * नेपालको निशान छाप कुन अनुसूचीमा उल्लेख गरिएको छ?

   (क) अनुसूची-१

   (ख) अनुसूची-२

   (ग) अनुसूची-३

   (घ) अनुसूची-४

 * नेपालको राष्ट्रिय फूल के हो?

   (क) गुलाब

   (ख) कमल

   (ग) लालीगुराँस

   (घ) सयपत्री

 * नेपालको राष्ट्रिय जनावर के हो?

   (क) बाघ

   (ख) हात्ती

   (ग) गाई

   (घ) पाटेबाघ

 * नेपालको राष्ट्रिय पक्षी के हो?

   (क) मयूर

   (ख) डाँफे

   (ग) सुगा

   (घ) कोइली

 * नेपालको राष्ट्रिय रंग कुन हो?

   (क) रातो

   (ख) निलो

   (ग) सिम्रिक

   (घ) सेतो

 * नेपालको संविधान अनुसार कति प्रकारको नागरिकताको व्यवस्था गरिएको छ?

   (क) २

   (ख) ३

   (ग) ४

   (घ) ५

 * गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले कुन अधिकार उपभोग गर्न पाउँदैन?

   (क) आर्थिक अधिकार

   (ख) सामाजिक अधिकार

   (ग) राजनैतिक अधिकार

   (घ) सांस्कृतिक अधिकार

 * नेपालको संविधानमा कतिवटा मौलिक हकहरू रहेका छन्?

   (क) २९

   (ख) ३०

   (ग) ३१

   (घ) ३२

 * सम्मानपूर्वक बाँच्न पाउने हक संविधानको कुन धारामा रहेको छ?

   (क) धारा १६

   (ख) धारा १७

   (ग) धारा १८

   (घ) धारा १९

 * कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नोविरुद्ध साक्षी हुन बाध्य पारिने छैन भन्ने व्यवस्था कुन हक अन्तर्गत पर्दछ?

   (क) स्वतन्त्रताको हक

   (ख) न्याय सम्बन्धी हक

   (ग) शोषण विरुद्धको हक

   (घ) समानताको हक

 * अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी पाउने हक कुन धारामा उल्लेख छ?

   (क) धारा २०

   (ख) धारा २१

   (ग) धारा २२

   (घ) धारा २३

 * पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने छैन भन्ने व्यवस्था कुन हक अन्तर्गत पर्दछ?

   (क) न्याय सम्बन्धी हक

   (ख) अपराध पीडितको हक

   (ग) यातना विरुद्धको हक

   (घ) निवारक नजरबन्द विरुद्धको हक

 * कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन भन्ने व्यवस्था कुन हक अन्तर्गत पर्दछ?

   (क) स्वतन्त्रताको हक

   (ख) समानताको हक

   (ग) शोषण विरुद्धको हक

   (घ) रोजगारीको हक

 * प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक कुन धारामा उल्लेख छ?

   (क) धारा ३०

   (ख) धारा ३१

   (ग) धारा ३२

   (घ) धारा ३३

 * प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक कुन धारामा उल्लेख छ?

   (क) धारा ३४

   (ख) धारा ३५

   (ग) धारा ३६

   (घ) धारा ३७

 * प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ भन्ने व्यवस्था कुन धारामा उल्लेख छ?

   (क) धारा ३७

   (ख) धारा ३८

   (ग) धारा ३९

   (घ) धारा ४०

 * सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ भन्ने व्यवस्था कुन हक अन्तर्गत पर्दछ?

   (क) समानताको हक

   (ख) महिलाको हक

   (ग) सामाजिक न्यायको हक

   (घ) उपभोक्ताको हक

 * पैतृक सम्पत्तिमा लैंगिक भेदभाव विना सबै सन्तानको समान हक हुनेछ भन्ने व्यवस्था कुन धारामा उल्लेख छ?

   (क) धारा १६

   (ख) धारा १८

   (ग) धारा ३८

   (घ) धारा ४०

 * नागरिकका कर्तव्यहरू संविधानको कुन धारामा उल्लेख छन्?

   (क) धारा ४७

   (ख) धारा ४८

   (ग) धारा ४९

   (घ) धारा ५०

 * नेपालको संविधान अनुसार नागरिकका कतिवटा कर्तव्यहरू रहेका छन्?

   (क) २

   (ख) ३

   (ग) ४

   (घ) ५

 * राज्यका निर्देशक सिद्धान्तहरू संविधानको कुन धारामा रहेका छन्?

   (क) धारा ४९

   (ख) धारा ५०

   (ग) धारा ५१

   (घ) धारा ५२

 * राज्यका नीतिहरू संविधानको कुन धारामा रहेका छन्?

   (क) धारा ४९

   (ख) धारा ५०

   (ग) धारा ५१

   (घ) धारा ५२

 * नेपालको संविधान अनुसार राज्यको संरचना कति तहको रहेको छ?

   (क) २

   (ख) ३

   (ग) ४

   (घ) ५

 * गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न के गठन हुन्छ?

   (क) जिल्ला समन्वय समिति

   (ख) जिल्ला सभा

   (ग) गाउँ कार्यपालिका

   (घ) नगर कार्यपालिका