Logo

Medimix Loksewa E-Academy

Bharatpur Chitwan, Bagamati Province

"All Ayurveda Psc Question Solution Here"

💬
Send Message ×
Namaste! Ma tapai ko k madat garna sakchu?
BREAKING
Loading latest updates...
Unity
आयुर्बेद लोकसेवा सोलुसन
Children
आयुर्बेद बूस्टर क्याप्सुल पुस्तक
Support
आयुर्बेद लोकसेवा सहयोगी पुस्तक
Health
आयुर्बेद बूस्टर क्याप्सुल पुस्तक
Hope
आयुर्बेद मार्गदर्शन पुस्तक
Education
आयुर्वेद लोकसेवा दृतिय संस्करण

आयुर्वेद बहुविकल्पीय प्रश्नोत्तरहरू (MCQs)

 


 अर्डर गर्न यहाँ क्लिक गर्नुहोस् |

 

आयुर्वेदमा शरीरका कति धातुहरू (तन्तुहरू) हुन्छन्?

(A)

(B)

(C)

(D)

उत्तर: (C)

 

"सुश्रुत संहिता" मुख्यतः कुन विषयसँग सम्बन्धित छ?

(A) सर्जरी

(B) औषध निर्माण

(C) योग

(D) आयुर्वेद दर्शन

उत्तर: (A) सर्जरी

 

आयुर्वेद अनुसार कफ दोष कुन ऋतुमा बढी हुन्छ?

(A) शरद

(B) हेमन्त

(C) बसन्त

(D) गृष्म

उत्तर: (C) बसन्त

 

"अष्टांग आयुर्वेद" अन्तर्गत "भूतविद्या" कुन विषयसँग सम्बन्धित छ?

(A) मानसिक रोग

(B) हड्डी रोग

(C) नसा सम्बन्धी रोग

(D) प्रसूति तथा स्त्री रोग

उत्तर: (A) मानसिक रोग

 

 

आयुर्वेदमा "त्रिदोष" को असन्तुलन के कारण हुन्छ?

(A) आहार

(B) वातावरण

(C) मानसिक स्थिति

(D) माथिका सबै

उत्तर: (D) माथिका सबै

 

"आरोग्यम धनसंपदा" भन्ने वाक्यांशको अर्थ के हो?

(A) स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो

(B) धन आर्जन नै मुख्य लक्ष्य हो

(C) आरोग्य जीवनको अन्त्य हो

(D) औषधिले मात्र स्वास्थ्य मिल्छ

उत्तर: (A) स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो

 

"शिरोधारा" कुन प्रकारको उपचार हो?

(A) मसाज

(B) तेल प्रवाह चिकित्सा

(C) योग

(D) शल्यचिकित्सा

उत्तर: (B) तेल प्रवाह चिकित्सा

 

"पञ्चकर्म" मा कति प्रकारका मुख्य शुद्धिकरण प्रक्रिया छन्?

(A)

(B)

(C)

(D)

उत्तर: (C)

 

"नेत्र चिकित्सा" लाई आयुर्वेदमा के भनिन्छ?

(A) शल्य

(B) शालाक्य

(C) कायचिकित्सा

(D) रसायन

उत्तर: (B) शालाक्य

 

वात, पित्त, कफ मध्ये कुन दोष शरीरमा चिसोपन ल्याउने काम गर्छ?

(A) वात

(B) पित्त

(C) कफ

(D) कुनै पनि होइन

उत्तर: (C) कफ

 

आयुर्वेद अनुसार “ओजस” के हो?

(A) शरीरको बल वा प्रतिरक्षा प्रणाली

(B) शरीरमा रहेको कफ दोष

(C) रक्त संचार प्रणाली

(D) शरीरको तापमान

उत्तर: (A) शरीरको बल वा प्रतिरक्षा प्रणाली

 

 

आयुर्वेदमा "धातु" कति प्रकारका हुन्छन्?

(A)

(B)

(C)

(D)

उत्तर: (C) ७ (रस, रक्त, मांस, मेद, अस्थि, मज्जा, शुक्र)

 

"कफ" दोष मुख्यतः शरीरको कुन भागमा बस्ने गर्दछ?

(A) पेट

(B) छाती

(C) टाउको

(D) खुट्टा

उत्तर: (B) छाती

 

वात, पित्त, कफ मध्ये कुन दोषले शरीरलाई स्फूर्त बनाउने काम गर्छ?

(A) वात

(B) पित्त

(C) कफ

(D) कुनै पनि होइन

उत्तर: (A) वात

 

"आयुर्वेद" शब्दको अर्थ के हो?

(A) जीवनको विज्ञान

(B) रोगहरूको ज्ञान

(C) औषधि निर्माणको ज्ञान

(D) शरीर विज्ञान

उत्तर: (A) जीवनको विज्ञान

 

"स्वस्थवृत्त" कुन विषयसँग सम्बन्धित छ?

(A) रोग निदान

(B) स्वस्थ जीवनशैली

(C) औषधि निर्माण

(D) शल्यक्रिया

उत्तर: (B) स्वस्थ जीवनशैली

 

आयुर्वेदमा कुन स्वादलाई "अम्ल" भनिन्छ?

(A) पिरो

(B) अमिलो

(C) नुनिलो

(D) तीतो

उत्तर: (B) अमिलो

 

कुन ऋतुमा पित्त दोष बढी हुने गर्दछ?

(A) गृष्म

(B) वर्षा

(C) शरद

(D) हेमन्त

उत्तर: (C) शरद

आयुर्वेद अनुसार निद्रा कहिले उपयुक्त मानिन्छ?

(A) सूर्यास्तपछि

(B) मध्यरात

(C) सूर्योदय पछि

(D) बिहान ४ बजे

उत्तर: (A) सूर्यास्तपछि

 

आयुर्वेद अनुसार "त्रिदोष" को असन्तुलनलाई के भनिन्छ?

(A) स्वस्थ अवस्था

(B) रोग अवस्था

(C) सामान्य अवस्था

(D) मानसिक अवस्था

उत्तर: (B) रोग अवस्था

 

आयुर्वेद बहुविकल्पीय प्रश्नोत्तरहरू (MCQs)

        
1) आयुर्वेदको उत्पत्ति कुन वेदबाट भएको मानिन्छ? 
(A) ऋग्वेद                 (B) सामवेद                (C) अथर्ववेद                 (D) यजुर्वेद 
उत्तर: (C) अथर्ववेद 

2) आयुर्वेदका अनुसार मानव शरीरमा कति प्रकारका दोषहरू हुन्छन्? 
(A) २                     (B) ३                         (C) ४                                     (D) ५ उत्तर: 
(B) ३ (वात, पित्त, कफ) 

 3) आयुर्वेदमा "त्रिदोष सिद्धान्त" कुन ग्रन्थमा विस्तृत रूपमा वर्णन गरिएको छ? 
(A) चरक संहिता     (B) सुश्रुत संहिता     (C) अष्टाङ्ग हृदय                     (D) सबै 
उत्तर: (D) सबै 

 4) "चरक संहिता" का लेखक को हुन्?
(A) चरक                     (B) धन्वन्तरी                 (C) सुश्रुत                 (D) पतञ्जलि 
उत्तर: (A) चरक 

 5) आयुर्वेदमा कुल कति उपस्थम्भहरू (सहायक स्तम्भहरू) उल्लेख छन्?
(A) ३                                 (B) ४                         (C) ५                     (D) ६ 
उत्तर: (A) ३ (आहार, निद्रा, ब्रह्मचर्य) 

 6) आयुर्वेदका अनुसार "अग्नि" केलाई जनाउँछ? 
(A) पाचन शक्ति                 (B) शरीरको तापक्रम                 (C) आत्मा                 (D) रक्त सञ्चार 
उत्तर: (A) पाचन शक्ति 

 7) "कायचिकित्सा" कुन विषयसँग सम्बन्धित छ?
(A) बालरोग                     (B) सामान्य चिकित्सा             (C) हड्डी तथा संधि रोग             (D) सर्जरी 
उत्तर: (B) सामान्य चिकित्सा 

 8) आयुर्वेद अनुसार पित्त दोषको प्रमुख गुण कुन हो? 
(A) चिसो                         (B) तातो                         (C) भारी                     (D) सुख्खा 
उत्तर: (B) तातो 

 9) "रसायन चिकित्सा" को मुख्य उद्देश्य के हो? 
(A) रोग उपचार                 (B) जीवनशैली सुधार            (C) शरीरलाई पुनर्यौवन गराउने      (D) दुबै (B) र (C) 
उत्तर: (D) दुबै (B) र (C) 

 10) आयुर्वेद अनुसार "प्राण वायु" कुन अंगमा प्रमुख रूपमा कार्य गर्छ? 
(A) फोक्सो                     (B) मुटु                         (C) पेट                         (D) मस्तिष्क 
उत्तर: (D) मस्तिष्क

प्रदेश लोक सेवा आयोग कोशी प्रदेश, विराटनगर प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, चौथो तह, वैद्य पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम